१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १७ सोमबार o९:५९:oo
Read Time : < 1 मिनेट
ad
ad
साहित्य प्रिन्ट संस्करण

‘बोरा’ उपन्यास लिएर आए पत्रकार भण्डारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १७ सोमबार o९:५९:oo

लेखक तथा पत्रकार अखण्ड भण्डारी नयाँ उपन्यास ‘बोरा’ लिएर आएका छन् । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा ‘बोरा’ लोकार्पण गरिएको छ । उपन्यासमा नेपाली समाजमा वृद्ध आमाबुबाप्रति सन्तानले गर्ने व्यवहार र परित्यक्त आमाको मनोविज्ञान चित्रण गरिएको भण्डारीले बताए । बोरा आफ्ना सन्तानबाट अपहेलित भएकी एउटी आमाको कथामा आधारित भएको उनले बताए । 

पत्रकार भण्डारीले यसअघि ‘मलाया एक्सप्रेस’ उपन्यास लेखिसकेका छन् । ‘बोरा सत्य घटनामा आधारित उपन्यास हो । हाम्रो समाजमा बढिरहको अत्यन्तै ठूलो अन्याय, पाप र अपराधको विषय बोराभित्र छ । आफ्नै छोराले बोरामा हालेर फ्याँकिएको आमा भेटाएको वास्तविक परिस्थितिलाई समेटिएको छ,’ उनले भने । 

उपन्यास वास्तविक घटनामा आधारित भए पनि पात्र र परिवेश फेरिएको भण्डारीले बताए । ‘मैले भेटेको यथार्थको पात्र, परिवेश र समय भने फेरिएका छन् । तर, यो उपन्यास यथार्थमा आधारित भएर लेखिएको काल्पनिक पनि हो । उपन्यासमा आमा कहिल्यै रोएकी छैनन् । छोराले बोरामा हालेर फ्याँके पनि त्यो छोराप्रति कुभलो कहिल्यै चिताउँदिनन् । आमालाई बुझ्न पनि यो उपन्यास पढ्नुपर्छ,’ उनले भने । पिसबुक प्रालिद्वारा प्रकाशित उपन्यास ४७० पृष्ठको छ । 
 

ad
ad