१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १६:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी रावलसहित सुर्खेतका आठ पत्रकार पुरस्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १६:५७:oo

नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको १२औँ अधिवेशन तथा साधारणसभाको अवसरमा नयाँ पत्रिकाकर्मी रमेश रावलसहित आठजना पत्रकार पुरस्कृत भएका छन्।

नयाँ पत्रिकाका सुर्खेत संवाददाता रावललाई शान्ति तथा विकास पत्रकारिता पुरस्कारबाट नगदसहित पुरस्कृत गरिएको हो। 

महासंघले युवा पत्रकारिता पुरस्कार गोरखापत्र दैनिकका नवीन सुवेदी, वर्ष पत्रकारिता पुरस्कार कान्तिपुर टिभीका कमल पन्तलाई र शान्ति तथा विकास पत्रकारिता पुरस्कार पत्रकार आकाशतारा बयकलाई प्रदान गरेको छ।

यसैगरी, क्रियाशील पत्रकारिता पुरस्कार शिलापत्रका संवाददाता ओम शाही, खानेपानी तथा सरसफाइ पुरस्कार पत्रकारद्वय शेरबहादुर थापा र चन्द्रा  कँडेललाई तथा स्व. नन्दगेलाङ स्मृति पत्रकारिता पुरस्कार रेडियो भेरीकी डिलु रावतलाई प्रदान गरिएको छ।

कर्णाली प्रदेशका प्रमुख तिलक परियारले पुरस्कृत पत्रकारलाई प्रमाणपत्र र नगद रकम प्रदान गरेका थिए।

ad
ad