१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २४ सोमबार १o:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अध्यागमन विभागको स्पष्टीकरण : महिलालाई विदेश जान वडाको सिफारिस चाहिने निर्णय भइसकेको छैन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १o:३७:oo

महिलालाई खाडी तथा जोखिम सम्भावित मुलुकमा भिजिट भिसामा जाँदा परिवारको सहमति र वडाको सिफारिस चाहिने प्रावधानबारे निर्णय भइनसकेको अध्यागमन विभागले जनाएको  छ । यो विषय अनौपचारिक छलफलमा रहेको विभागको प्रस्टीकरण छ  । 

बिहीबार प्रेस विज्ञप्तिमार्फत अध्यागम विभागले जोखिम सम्भाव्य मुलुकमा पहिलोपटक यात्रा गर्ने र आफ्नो यात्राबारे सामान्य जानकारीसमेत नभएका महिलाका लागि आवश्यक पर्न सक्ने गरी आन्तरिक छानबिन कार्यदलका सुझाबका रूपमा आएको विषय भएको र कुनै निर्णय नभएको विभागले जनाएको छ । 

विभागले कार्यविधि संशोधनको प्रस्ताव गृह मन्त्रालयमा पठाइसकेको छ । जसमा खाडी तथा अफ्रिकी देश जाँदा महिलाहरूको हकमा परिवारको सहमति वा वडाको सिफारिस चाहिने प्रावधान राखिएको छ । मन्त्रीस्तरबाट निर्णय भएपछि सो कार्यविधि कार्यान्वयन हुनेछ । भिजिट भिसामा हुने मानव तस्करी रोक्न भन्दै विभागले यस्तो प्रावधानको प्रस्ताव गरेको हो । जसको चर्को आलोचना भएको छ ।  

भिजिट भिसामा मानव तस्करी भइरहेको भन्ने उजुरीका आधारमा मन्त्रालयले उपसचिव रुद्र पण्डितको संयोजकत्वको कार्यदल गठन गरेको थियो । सो कार्यदलले महिलाको हकमा परिवारको सहमति र स्थानीय तहको सिफारिस तथा १५ लाखको बिमा अनिवार्य गर्न सुझाब दिएको थियो । सोही आधारमा विभागले कार्यविधि संशोधन गर्न लागेको हो । यसको आलोचना भएपछि मन्त्रालयले यसलाई फेरि संशोधन गर्न लागेको छ ।

 

 

ad
ad