मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ माघ २२ बिहीबार
  • Thursday, 10 July, 2025
रासस/सिन्ह्वा साओ पाउलो
२o७७ माघ २२ बिहीबार १४:२२:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट

ब्राजिलमा कोरोना भाइरस संक्रमणबाट हालसम्म दुई लाख २७ हजारभन्दा बढीको मृत्यु

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा साओ पाउलो
नयाँ पत्रिका साओ पाउलो
२o७७ माघ २२ बिहीबार १४:२२:oo

ब्राजिलमा बुधबार एकै दिन कोरोना भाइरस संक्रमणबाट एक हजार दुई सय ५४ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या दुई लाख २७ हजार पाँच सय ६३ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घन्टामा ब्राजिलमा ५६ हजार दुईजनामा कोरोना भाइरस संक्रमण भएपछि कुल संक्रमितको संख्या ९३ लाख ३९ हजार चार सय २० पुगेको छ । ब्राजिलको साओ पाउलोे सबैभन्दा बढी प्रभावित राज्य हो । 

विश्वमा कोरोना भाइरस संक्रमणका कारण धेरै मानिसले ज्यान गुमाउने राष्ट्रमध्ये ब्राजिल दोस्रो स्थानमा छ । अमेरिका पहिलो, ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ । अमेरिकामा कोरोना संक्रमणबाट चार लाख ६१ हजारभन्दा बढीको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणबाट एक लाख ५४ हजार सात सयभन्दा बढीको मृत्यु भएको छ।