१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
रासस/एएफपी इस्लामाबाद
२०७७ माघ २१ बुधबार १५:०२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

पाकिस्तानमा कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु, चिनियाँ सिनोफार्मको खोप लगाइने

Read Time : < 1 मिनेट
रासस/एएफपी इस्लामाबाद
२०७७ माघ २१ बुधबार १५:०२:००

पाकिस्तानमा कोभिड– १९ विरुद्ध बुधबारदेखि पहिलो चरणको खोप अभियान सुरु भएको छ । सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिने घोषणा गरेको छ । यो खोप चीन सरकारले उपलब्ध गराएको हो ।

चीनले सिनोफार्म फर्मास्युटिकल्सबाट उत्पादित पाँच लाख डोज खोप सहयोग गरेको थियो । यसै महिनाको अन्त्यसम्ममा अरू लाखौँ डोज खोप पाकिस्तान ल्याउने र आमजनतालाई खोप लगाउने पाकिस्तान सरकारको योजना छ । 

सिनोफार्म खोपलाई चिनियाँ स्वास्थ्य अधिकारीहरूले आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेका छन् । करिब २२ करोड जनसंख्या रहेको पाकिस्तानमा पाँच लाख मानिसमा कोरोना संक्रमण देखिएको र तीमध्ये ११ हजारको मृत्यु भएको छ । तर, सीमित संख्यामा मात्र परीक्षण गरिएकाले संक्रमित र मृत्यु हुनेको संख्या बढी हुन सक्ने अनुमान गरिएको छ ।

सिनोफार्मको खोपको प्रभावकारिताका विषयमा केही विज्ञहरूले प्रश्न उठाए पनि पाकिस्तान सरकारले सिनोफार्मको खोपलाई अनुमति दिइसकेको छ । एस्ट्राजेनिकाले उत्पादन गरेको खोप पनि करिब एक करोड ७० लाख डोज कोभाक्समार्फत सन् २०२१ को पहिलो ६ महिनाभित्र प्राप्त हुने पाकिस्तान सरकारको विश्वास छ । 

भारतले छिमेकी मुलुकहरूलाई केही खोप अनुदानमा दिइरहे पनि त्यो सूचीमा पाकिस्तान भने छैन ।