मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १९ सोमबार १६:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओलीलाई पार्टीको साधारण सदस्यबाट निष्कासन गर्ने नेकपा प्रचण्ड–माधव पक्षको निर्णय (भिडियोसहित)

पार्टी आधिकारिताको दाबी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १९ सोमबार १६:०४:००

नेकपा प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी ओलीलाई पार्टीको साधारण सदस्यबाटै हटाउने निर्णय गरेको छ । राजधानीको एक पार्टी प्यालेसमा सोमबार बसेको बैठकले ओली निष्कासन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यस्तै यसअघि स्थायी समिति बैठकले महासचिव विष्णु पौडेललाई पदबाट गरेको निर्णयलाई केन्द्रीय कमिटीले अनुमोदन गरेको श्रेष्ठले बताए । 

यस्तै घोषित संघर्षका कार्यक्रम सफल पार्न सिंगो पाटीपंक्ति परिचालन हुने निर्णय पनि गरेको छ । २५ प्रतिशत केन्द्रीय सदस्यको मागबमोजित बैठक बसेको श्रेष्ठले बताए । 

पार्टी आधिकारिताको दाबी गर्दै निर्वाचन आयोगलाई पत्र लेख्ने निर्णय पनि बैठकले गरेको छ । म्यानमारमा लोकतन्त्रको विरुद्धमा त्यहाँको सेनाले सत्ता हातमा लिनु  अनुपयुक्त भन्दै बैठकले निन्दा गरेको छ ।