१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ १९ सोमबार १५:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सभामुखले संवैधानिक परिषद्को पत्र फिर्ता पठाएकोमा राष्ट्रिय सभा अध्यक्षको आपत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ १९ सोमबार १५:०९:००

सभामुख अग्नि सापकोटाले संवैधानिक परिषद्को नियुक्ति सिफारिस फिर्ता पठाएकोमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले आपत्ति जनाएका छन् । विभिन्न संवैधानिक पदमा नियुक्तिका लागि संसदीय सुनुवाइ समितिमा पेस गर्ने प्रयोजनको परिषद्ले पठाएको पत्र सभामुखले आइतबार फिर्ता पठाइदिएका थिए । 

राष्ट्रिय सभा अध्यक्षले सोमबार पत्रकार सम्मेलन गरेर आपत्ति जनाएका हुन् । संघीय संसद् एक सदनात्मक नभएको उनले स्मरण गराएका छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभा समान हैसियतको भएको उनले बताएका छन् ।  संसदीय सुनुवाइ समिति प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त समिति भएकाले सभामुखले मात्र निर्णय गर्न नसक्ने तिमिल्सिनाको जिकिर छ । 

 

यो पनि पढ्नुहोस्

सभामुखले फिर्ता पठाए संवैधानिक परिषद्को नियुक्ति सिफारिस (भिडियो र पत्रसहित)