सामसङको एस२१ सिरिज किन्नेलाई सानिमा बैंकको विभिन्न सुविधा

सोमबार, १९ माघ, २०७७
डिजिटल संस्करण

सानिमा बैंकले सामसङको एस२१ सिरिज खरिद गर्ने ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड तथा शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी योजना ल्याएको छ । बैंकले नेपालमा सामसङ मोबाइलका आधिकारिक वितरकहरू आइएमएस स्मार्ट प्रालि र हिम इलेक्ट्रोनिक्स प्रालिसँग सम्झौता गरेको हो । 

ग्राहकले शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी सुविधाका साथै निःशुल्क इएमआई प्रशासनिक शुल्क र सामसङको तर्फबाट आकर्षक प्रि‐बुकिङ उपहारहरूको पनि व्यवस्था गरिएको कम्पनीले जनाएको छ । सामसङ एस२१ सिरिजको प्रि‐बुकिङ सुरु भइसकेको कम्पनीले जनाएको छ ।

सुझावित समाचार