नेकपा एकताका लागि वामदेवले सार्वजनिक गरे अवधारणापत्र

बुधबार, १४ माघ, २०७७
डिजिटल संस्करण

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेसँग चोइटिएको नेकपालाई पुनः एक बनाउन नेकपाका उपाध्यक्ष वामदेव गौतमले ‘नेकपा एकता राष्ट्रिय अभियान’ घोषणा गरेर अवधारणापत्र सार्वजनिक गरेका छन् ।

गौतम संयोजक रहेको अभियान ६ सय ५१ सदस्यीय तथा कार्य सम्पादन समिति एक सय ७५ सदस्यीय छ । समितिमा नेकपाका केन्द्रीय सदस्य हरि पराजुली, गौतमपत्नी सांसद तुलसा थापा, माया ज्ञवाली, त्रिविका पूर्वउपकुलपति हिरालाल महर्जनलगायत छन् ।

सिद्धार्थ कटेज धोबीघाटमा गौतमले बुधबार  सो पत्र सार्वजनिक गरेका हुन् । उनको अवधारणापत्रमा पार्टी एकता राष्ट्रिय अभियान सञ्चालनका लागि केन्द्रमा एक अधिकारसम्पन्न समन्वय समिति रहने जनाइएको छ ।  ६ सय ५१ सदस्यीय सो समितिमा एक सय ५१ जनाको कार्यसम्पादन समिति रहनेछ । 

साथै दैनिक कामका लागि आवश्यक सचिवालयसमेत निर्माण हुने अवधारणापत्रमा जनाइएको छ । प्रत्येक प्रदेशमा पनि समन्वय समिति बनाउने र प्रदेशअन्तर्गत रहेका केन्द्रीय सदस्यहरू र जिल्ला समितिका संयोजकहरू पदेन सदस्यका रूपमा रहने पनि अवधारणापत्रमा जनाइएको छ । 

सुझावित समाचार