१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १९:५४:oo
Read Time : > 2 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली

२०१९ मा नाम कमाएका तीव्र गतिका आठ कार

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १९:५४:oo

२१औँ शताब्दीमा कार पारखीहरूका लागि ‘कारको गति’ थपिएको रोजाइ हो । उनीहरू स्पिड (गति)लाई मोडेल र क्लास जत्तिकै महत्वपूर्ण ठान्ने गर्छन् । सन् २०१९ मा आएका उत्कृष्ट स्पिड भएका केही कार यहाँ प्रस्तुत गरिएको छ । 

८. पोर्से माकान टर्बाे

यो पोर्से माकान कारमा दुईवटा टर्बो भी६ इन्जिन छ । यसको मद्दतले चार सय हर्सपावर शक्ति प्रदान गर्छ । यसमा सात स्पिड ट्रान्समिसन पनि छ । ४.२ सेकेन्डमा ० देखि ६० किलोमिटरको गति लिन सक्छ । योे कारको मूल्य औसत ७७ हजार डलरदेखि एक लाख डलरसम्म छ । 

७. बेन्टली बेन्टेगा

यो बेन्टली बेन्टेगा जिप प्रतिघन्टा १८७ किलोमिटरसम्म कुद्ने क्षमता राख्छ । यसकारण यो जिप विश्वमै सबैभन्दा छिटो कुद्ने जिप भएको कम्पनीको दाबी छ । यसमा ट्विन टब्रो ६ लिटर डब्ल्यु–१२ इन्जिन जडान गरिएको छ । यो इन्जिनले ६ सय हर्सपावर शक्ति दिने कम्पनीको दाबी छ । यसमा आठ स्पिड ट्रान्समिसन छ । लक्जरी जिप वर्गमा पर्ने बेन्ट्लीको मूल्य करिब दुई लाख ३० हजार डलर रहेको छ ।

६. मर्सिडिज–एएमजी ई ६३ एस

विश्वप्रसिद्ध मर्सिडिजको सिरिजअन्तर्गत नै एएमजी ई ६३ मा ५.५ लिटर ट्विन टर्बो भी–८ इन्जिन जडान गरिएको छ । यसको ५५७ हर्सपावर क्षमता छ । यसमा सात स्पिड ट्रान्समिसनको सुविधा छ । यसकारण ३.४ सेकेन्ड मै कारले ०–६० किलोमिटरको गति दिन सक्छ । यसको मूल्य एक लाख ५० हजार डलर रहेको छ । 

५. फोर्ड फोकस आरएस

फोर्ड फोकस आरएसमा ६ स्पिड म्यानुअल ट्रान्समिसन सुविधा छ । चार सिलिन्डर इन्जिन सुविधा भएको फोर्ड फोकस आरएसमा २.३ लिटर टर्बोचार्ज छ । एक किसिमको स्पोर्टस् कारको रूपमा देखिने फोर्ड फोकसको टायर निकै बलियो छ । यसले ४.६ सेकेन्डमै ० देखि ६० किलोमिटरको गति लिन सक्छ । यसको मूल्य ३७ हजार डलर रहेको छ । 

४. काडिलाक सिटिएस–भी

काडिलाक सिटिएस भीमा ६.२ लिटर भी ८ इन्जिन सुविधा छ । यसले ६४० हर्सपावरको शक्ति दिने कम्पनीको भनाइ छ । साथै यसमा आठवटा स्वचालित ट्रान्समिसन सुविधा पनि छ । ३.६ सेकेन्डभित्रै यसले ०–६० किलोमिटरको गति लिन सक्छ । यसको गति प्रतिघन्टा दुई सय किलोमिटरको छ । यो कारको मूल्य एक लाख ५० हजार डलर छ । यो कार संसारका सबैभन्दा छिटो दौडने सुविधायुक्त कारमध्ये पर्छ ।

३. डज भाइपर

संसारमा थोरै कर्भ डिजाइनका कारमध्ये यो पनि एक हो । यो कारको अगाडिको भाग चुच्चो परेकाले कारलाई सिकारीजस्तै देखिन्छ । यसको क्षमता ६४५ हर्सपावरको छ । ८.५ भी ८ लिटर इन्जिन जडान भएको डच भाइपर तीन सेकेन्डमा ० देखि ६० किलोमिटर गतिमा चल्छ । यसको मूल्य ९० हजार डलर रहेको छ । 

२. लाम्बोघिनी एभेन्टडोर एसभी

शक्तिशाली क्षमता र विभिन्न रंगका लाम्बोघिनी एभेन्टडोर एसभी कारको गति र मूल्य अच्चमै लाग्ने गरी छ । यसको मूल्य करिब पाँच लाख डलरसम्म छ । ७३० हर्सपावर क्षमताको यो कार झट्ट हेर्दा रेसिङ कारजस्तै देखिन्छ । यसमा ६.५ लिटर, भी १२ इन्जिन छ । सात स्पिड म्यानुअर ट्रान्समिसन रहेको कारले २.७ सेकेन्डमा ० देखि ६० एमपिएच गति लिन सक्छ । 

१. बुगाटी काइरोन

आकर्षक लुक्स भएको बुगाटी काइरोनले बजारमा भएका सबै किसिमका कारलाई माथ गरेको छ । यसकारण सन् २०१९ मा यो कारलाई सबैभन्दा महँगोमा सूचीकृत गरियो ।
बजारमा यस कारको मूल्य तीन मिलियन डलर अर्थात् ३० लाख डलर छ । १५ सय हर्सपावरको भएको बुगाटी काइरोनमा ८.० लिटर, १६ सिलिन्डर इन्जिन जडान गरिएको छ । चार टर्बोचार्जको सहयोगमा यो प्रतिघन्टा २६१ किलोटिरसम्म कुद्न सक्छ । सात स्पिडसम्मको अटोमेटिक क्लच ट्रान्समिसन भएको कारको शक्ति यसको पांग्रा पनि हो । 

–एजेन्सीहरूको सहयोगमा 
 

ad
ad