मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ माघ ८ बिहीबार
  • Sunday, 14 September, 2025
२o७७ माघ ८ बिहीबार १o:३६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सप्तरीमा बिहीबार राति मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु, एक गम्भीर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ माघ ८ बिहीबार १o:३६:oo

सप्तरीको खडक नगरपालिका– ११ स्थित हुलाकी सडकमा बिहीबार बिहान ४:३० बजे मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्  । 

मृत्यु हुनेमा खडक नगरपालिका– ११ निवासी २१ वर्षीय मोटरसाइकलचालक शिवेन्द्र साह र माेटरसाइकलमा पछाडि सवार २५ वर्षीय अरविन्द यादव रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी भुवनेश्वरप्रसाद साहले जानकारी दिए  ।

त्यस्तै, मोटरसाइकलकै पछाडि सवार २५ वर्षीय सुनिल चौधरी गम्भीर घाइते भएका छन् । घाइते चौधरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका लागि भर्ना गरिएको डिएसपी साहले बताए । 

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश नं. २ –०१–००१ प ६१४६ नम्बरको मोटरसाइकलमा चालकसहित तीन जना सवार थिए ।