१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार २o:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलको विश्लेषण : देश मुठभेडमा जान्छ, वैशाखमा चुनाव हुँदैन (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार २o:o९:oo

पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले प्राविधिक पक्षको जटिलताका कारण तोकिएको मितिमा निर्वाचन हुन गाह्रो रहेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित प्रतिनिधिसभा विघटन र संवैधानिक अन्योल विषयक अन्तरक्रिया कार्यक्रममा पोखरेलले प्राविधिक पक्षको जटिलताको कारण वैशाखमा निर्वाचन हुन गाह्रो रहेको बताएका हुन् । 

उनले कुनै चमत्कार भइहालेमा मात्रै निर्धारित मितिमा निर्वाचन हुने टिप्पणी गरे । पोखरेलले नेकपा कानुनी रूपमा फुट्ने गरी निर्वाचन आयोगमा गएको अवस्थामा पार्टीको विभाजनसम्बन्धी विवादको निरुपण गर्न नै आयोगलाई कम्तीमा ६० दिन लाग्ने बताए ।  निर्वाचनसम्बन्धी अरू प्रक्रिया टुंग्याउन पनि महिनौँ लाग्ने र समय अभावका कारण निर्धारित मितिमा निर्वाचन हुनेमा पत्याउन नसकिने उनको भनाइ छ ।

पोखरेलले अदालतले प्रतिनिधिसभा विघटन अथवा पुनर्स्थापना जुन पक्षमा निर्णय दिए पनि मुलुकको जित नहुने टिप्पणी गरे । मुलुक मुठभेडको राजनीतिमा जाने उनको भनाइ छ । उनले निर्वाचन जितेर जाने नेताले सत्ता कब्जा गर्ने नभई सत्ता सञ्चालन गर्नुपर्ने भएकाले कब्जा हुन नदिन भएका त्रुटिहरूलाई सच्याउनुपर्ने बताए । वर्तमान निर्वाचन प्रणाली सुधारको आवश्यकता रहेको उनले औँल्याए । पोखरेलले संसद्लाई बलियो बनाउनुपर्ने र राजनीतिबाट पुरानो पुस्ताका नेताहरूले विश्राम लिनुपर्ने धारणा राखे । 

कार्यक्रममा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रतिनिधिसभा विघटन संविधानविपरीत भएको बताइन् । सरकार गठन हुन सक्ने अवस्था छ भने विघटन गर्न नपाइने व्यवस्था संविधानले गरेको उनको भनाइ छ । उनले यतिखेर देशको विकास निर्माणको काम पनि रोकिएको तथा यस्तो वेलामा बाहिरी हस्तक्षेप हुने योजना पनि बन्न सक्ने भएकाले मुलुक संकटमा रहेको बताइन् । 
 

ad
ad