मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ७ बुधबार १७:३७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लागुऔषधसहित आठ पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ७ बुधबार १७:३७:००

प्रहरीले चार दिनको अवधिमा लागुऔषध खैरो हेरोइनसहित आठजनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने इलाम माई नपा– ४ का ३१ वर्षीय सन्दीप राई,  ३२ वर्षीय दीपक राई, इलाम नपा– २ का ३६ वर्षीय केसाङ योल्मु, मनाङ ङिस्याङ गापा– ३ नावलका ४६ वर्षीय टासीसन्डुप गुरुङ, पाँचथर फालेलुङ गापा–८ का ५५ वर्षीय भीमप्रसाद लोवा, झापा बुद्धशान्ति गापा– ३ का ४१ वर्षीय  दिनेश कुमाल, झापा भद्रपुर नपा– १० का ४१ वर्षीय राजेश श्रेष्ठ र इलाम माई जोगमाई गाप– ३ का  ३६ वर्षीय सोनाम कागते रहेका छन् । 

उनीहरूबाट प्रहरीले पाँच सय ३६ ग्राम खैरो हेरोइन, ७.५ ग्राप एम्फेटामाइन, लागुऔषध तौल गर्ने मेसिनसहित ६ लाख ७१ हजार पाँच सय रुपैयाँ र ६१ हजार अमेरिकी डलर बरामद गरेको छ । लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएका प्रहरी टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न ठाउँबाट पक्राउ गरेको हो । पक्राउ परेका सबै एउटा गिहरोका सदस्य रहेको  ब्युरोको भनाइ छ ।