मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ माघ ७ बुधबार १७:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा भोला थापा नियुक्त

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ माघ ७ बुधबार १७:०७:००

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्राडा भोला थापा नियुक्त भएका छन् । विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले थापालाई उपकुलपति नियुक्त गरेका हुन् । 

शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा गठित तीन सदस्यीय सर्च कमिटीले गरेको सिफारिसको आधारमा थापालाई बुधबार उपकुलपति नियुक्त गरिएको हो । 

उपकुलपति छनोट गर्न गठित कमिटीले डा. रामकण्ठ मकाजू, प्राडा भोला थापा र प्राडा बालचन्द्र लुइँटेलको नाम सिफारिस गरेको थियो । 

सर्च कमिटीमा मन्त्री श्रेष्ठ, पूर्वसभामुख दमननाथ ढुंगाना र पूर्वउपकुलपति सुरेशराज शर्मा रहेका थिए । 

काठमाडौं विश्वविद्यालय स्थापना भएदेखि प्राध्यापन पेसा गर्दै आएका थापाले २७ वर्ष काम गरेका छन् । नवनियुक्त थापा नाै वर्ष डिन र पाँच वर्ष रजिष्ट्रारसमेत भइसकेका छन् । 

पेसामा मेकानिकल इन्जिनियर थापाले नर्वेमा नेपालको हाइड्रोपावर डेभलपमेन्टमा विद्यावारिधि गरेका छन् ।