१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १९:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

अधिकार दुरुपयोग गर्ने ओली प्रधानमन्त्री पदमा बस्न लायक छैनन् : माधव नेपाल (भिडियोसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १९:१४:oo

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले अधिकारको दुरुपयोग गरेकाले प्रधानमन्त्री पदमा बस्न लायक नरहेको बताएका छन् । काठमाडौंमा आयोजित आफू पक्षधर अखिल नेपाल महिला संघको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् । 

अध्यक्षको कर्तव्य पालना नगरेका कारण पार्टी अध्यक्षको रूपमा पनि बस्न लायक नरहेको उनको भनाइ छ । नेपालले प्रधानमन्त्री ओलीले संकटकाल लगाएर अथवा अन्य असंवैधानिक कदम चालेरै भए पनि पाँच वर्ष प्रधानमन्त्री बन्न चाहेको दाबी गरे । ओलीले चुनाव नगराउने नेपालको जिकिर छ ।

नेपालले कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न हुन नदिने गरी अघि बढ्नेसमेत बताए । देशको प्रगतिका लागि आन्दोलनको विकल्प नभएकाले आन्दोलनको ज्वारभाटा सृष्टि गर्ने उनको भनाइ छ ।
उनले पार्टीको आधिकारिकता र सूर्य चिह्न कसैले खोस्न नसक्ने दाबी पनि गरे । केपी ओलीले निर्वाचन आयोगमा नेकपा एमाले दर्ता गरेर अस्ताउँदो सूर्य चुनाव चिह्न लिएको जिकिर गर्दै उनले ओलीको त्यही चुनाव चिह्न हुने र आफूहरुको सूर्य चिह्न कसैले खोस्न नसक्ने बताए ।

ad
ad