मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी बेइजिङ
२०७७ माघ ५ सोमबार १३:००:००
Read Time : < 1 मिनेट
विश्व

कोरोना भाइरस महामारीबीच पनि चीनको अर्थव्यवस्था २.३ प्रतिशतले वृद्धि

Read Time : < 1 मिनेट
एजेन्सी बेइजिङ
२०७७ माघ ५ सोमबार १३:००:००

कोरोना भाइरस महामारीका बाबजुद सन् २०२० मा चीनको अर्थव्यवस्था २.३ प्रतिशत बढेको छ । यो वर्ष महामारीका कारण विश्वका शक्तिशाली राष्ट्रहरू चिन्तित बने पनि चीनले भने आफ्नो अर्थव्यवस्थालाई जोगाउन सफल भएको छ । 

सन् २०१९ को डिसेम्बर महिनाको तुलनमा सन् २०२० को डिसेम्बरमा भने ६.५ प्रतिशतले अर्थव्यवस्थामा सुधार आएको चीनको दाबी छ । यसअघिको त्रैमासिकमा भने जम्म ४.९ प्रतिशत मात्रै वृद्धि हासिल गरेको चीनले जनाएको छ । 

अर्थव्यवस्थामा सुधार आए पनि पछिल्लो एक दशकमा यो चीनले सबैभन्दा कम वृद्धि हासिल गरेको हो । तर, अमेरिकालगायत अन्य ठूला अर्थव्यवस्था भएका देशको तुलनामा भने यो अझै पनि बढी भएको चीनको दाबी छ । अमेरिकालगायत शक्तिशाली देशहरूले सन् २०२० को आर्थिक वृद्धिदर सार्वजनिक गरेका छैनन् । तर, यो वर्ष उनीहरूको आर्थिक अवस्था गिरेको हुनुपर्ने अर्थविज्ञहरूको अनुमान छ ।