मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस काठमाडौं
२०७७ माघ ४ आइतबार १५:२८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

विदेशमा कोरोनाबाट हालसम्म तीन सय १९ जना नेपालीको निधन

Read Time : < 1 मिनेट
रासस काठमाडौं
२०७७ माघ ४ आइतबार १५:२८:००

कोभिड– १९ को संक्रमणबाट विदेशमा थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा एक र दक्षिण अफ्रिकामा एकको निधन भएको हो । संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोनाबाट २० देशमा तीन सय १९ जनाको निधन भएको छ ।   

संघको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५४ हजार पाँच सय ९१ जना नेपालीमा संक्रमण देखिएको छ । यसमध्ये ५२ हजार नौ सय ४५ जना कोरोनामुक्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो ।  यो साता बेलायत, जापान, साउथ अफ्रिकालगायत मध्यपूर्वमा रहेका केही नेपालीमा संक्रमण देखिएको छ ।   

भाइरसका कारण नेपालमा एक हजार नौ सय ५४ जनाको निधन भएको छ । नेपालमा भाइरसबाट संक्रमण हुनेको संख्या दुई लाख ६७ हजार ५६ जना छ भने दुई लाख ६१ हजार ४४ जना अर्थात् ९७.८ प्रतिशत कोरोनामुक्त भएको संघ, कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले बताए ।  

कुल परीक्षणमध्ये १०.५ मा संक्रमण 
नेपालमा कोरोना महामारी घट्दो क्रममा रहे पनि स्वास्थ्य सावधानी आवश्यक रहेको स्वास्थ्य समितिले जनाएको छ । हाल दैनिक भइरहेको परीक्षण गरेकामध्ये कम्तीमा १०.५ मा संक्रमण हुने गरेको र जोखिम कम नभएको उल्लेख छ । परीक्षणको दायरा पनि घटेको अवस्थामा वास्तविक तथ्यांक के हो भन्न नसकिने समितिले  जनाइएको छ । समितिले मास्क,  भौतिक दूरी र हात धुनेलगायत जनस्वास्थ्यका मापदण्ड पालना गर्न सुझाएको छ ।