मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
रासस/सिन्ह्वा बेइजिङ
२०७७ पौष २९ बुधबार १२:५४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

चीनमा मंगलबार थप एक सय १५ जना कोभिड संक्रमित भेटिए

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा बेइजिङ
२०७७ पौष २९ बुधबार १२:५४:००

चीनमा कोरोना भाइरस (कोभिड–१९) का थप नयाँ संक्रमित भेटिएका छन् । मंगलबार मात्रै पनि चीनभित्रै थप एक सय १५ वटा नयाँ घटना बाहिर आएको जानकारी दिइएको छ ।

चीनको नेसनल हेल्थ कमिसनले बुधबार दिएको जानकारीअनुसार मंगलबार एक सय १५ जना नयाँ संक्रमित भेटिएका र तीमध्ये एक सय सातजना चीनभित्रैका छन् । यहाँका स्थानीयबाटै एक सय सातजनामा संक्रमण भएको समाचारमा जनाइएको छ ।  

चीनले कोरोनाबाट निको भएका नागरिकहरूको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । कोरोना पुनः हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यस्तो कदम सुरु गरेको हो ।

चिनियाँ स्वास्थ्य अधिकारीहरूले मंगलबार भेटिएका संक्रमितमध्ये एक सय सातजना स्थानीयस्तरमै आपसमा संक्रमित भएको र अरू विदेशबाट आएको बताएका छन् ।

स्वदेशी संक्रमितहरूमध्ये ९० जना उत्तरी चीनको हुबे प्रान्तका छन् । यसबाट सो क्षेत्रमा पछिल्लो समयमा स्थानीयस्तरमा कोरोना संक्रमण बढेको पुष्टि भएको छ ।