पछिल्लो २४ घन्टामा ४८८ संक्रमित थपिए, १० को निधन

सोमबार, २७ पुष, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा थप चार सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमण हुने संख्या दुई लाख ६५ हजार दुई सय ६८ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घन्टामा पाँच सय २७ जना कोरोना संक्रमणबाट मुक्त भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोना संक्रमण निको हुनेको संख्या दुई लाख ५८ हजार नौ सय ६८ पुगेको छ । अहिले देशभरि सक्रिय संक्रमितको संख्या भने चार हजार तीन सय ७३ छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १० जनाको निधन भएको छ । हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १९ सय २७ पुगेको छ। 

सुझावित समाचार