१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १६:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सरकारको ज्यादती र असफलताबाट मुक्ति पाउन ताजा जनादेशमा जानु उपयुक्त : थापा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:१६:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान परिस्थितिलाई बुझेर ताजा जनादेशमा जानु नै उपयुक्त रहेको बताएका छन् । 

पृथ्वीजयन्तीको अवसरमा सोमबार गोरखा सदरमुकाममा बोल्दै थापाले केपी ओली सरकारको ज्यादती र असफलताबाट मुक्ति पाउन ताजा जनादेशमा जानु उपयुक्त रहेको बताएका हुन् । 

उनले भने, ‘राजनीतिक दृष्टिकोणबाट भ्रष्टाचार, कुशासन, धर्मपरिवर्तन र सर्वसत्तावादबाट मुक्तिको निमित्त, केपी ओलीको सरकारको ज्यादती र असफताको मुक्तिका लागि पनि ताजा जनादेशमा जानु उपयुक्त हुन्छ ।’ 

प्रतिनिधिसभा विघटन गर्ने निर्णयले संवैधानिक जटिलता सिर्जना गरेकोसमेत उनले बताए । ‘प्रतिनिधिसभा विघटन गर्ने निर्णयले संवैैधानिक जटिलता सिर्जना गरेको छ । यो विषय अहिले सर्वोच्च अदालतमा विचाराधीन रहेको छ,’ उनले भने, ‘मेरो र पार्टीको दृष्टिकोणमा यो विघटनसम्बन्धी विषयमा केही अस्पष्टता छ, जसको व्याख्या सर्वोच्च अदालतले गर्नु नितान्त आवश्यक छ ।’ 

सर्वोच्च अदालतमा विचाराधीन रहेको विपषयमा पक्ष वा विपक्ष भएर प्रभावित पार्ने वा दबाब दिने ढंगबाट कहीँकतैबाट प्रयास गर्नु नहुनेसमेत उनले बताए । त्यस्तै राष्ट्रिय एकता दिवस तथा पृथ्वीजयन्तीको अवसरमा अध्यक्ष थापाले गोरखा संग्रहालयस्थित पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पणसमेत गरेका थिए । 

थापाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई बिर्सन नहुने बताए । ‘पृथ्वीनारायण शाहले नेपालको नाम, पहिचान, देश र राज्य व्यवस्था दिएर जानुभयो, देशमा जुनसुकै राज्य व्यवस्था, राजनीतिक मूल्य–मान्यता कायम भए तापनि राष्ट्रनिर्मातालाई आदर, सम्मान गर्नुपर्छ,’ उनले भने । 

०६२/६३ को आन्दोलनपछि परिवर्तनलाई संस्थागत गर्ने क्रममा नेपालको इतिहासलाई अवमूल्यांकन गर्ने काम भएको बताउँदै बिस्तारै त्यो मनस्थिति परिवर्तन हुँदै आएको उनले बताए । जिल्लाका पाँचवटा स्थानीय तहले पृथ्वीजयन्तीका दिन सार्वजनिक बिदा दिएको बताउँदै यसलाई राष्ट्रियस्तरमा लैजानुपर्नेसमेत अध्यक्ष थापाले बताए । 

ad
ad