Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस पेरिस
२०७७ पौष २७ सोमबार १३:०४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

फ्रान्समा कोभिड– १९ को संक्रमण घट्दै

Read Time : < 1 मिनेट
रासस पेरिस
२०७७ पौष २७ सोमबार १३:०४:००

फ्रान्समा कोभिड– १९ संक्रमितको संख्या पछिल्ला केही दिनयता  घटेको देखिएको छ । स्वास्थ्य अधिकारीहरूका अनुसार पछिल्लोपटक अर्थात् आइतबार फ्रान्समा १५ हजारभन्दा केही बढी मात्रै संक्रमित देखिएका छन् । 

उनीहरूका अनुसार आइतबार १५ हजार नौ सय ४४ जनामा संक्रमण पुष्टि भएको थियो । यो ३ जनवरीपछिको सबैभन्दा कम हो । फ्रान्सको पब्लिक हेल्थ एजेन्सीले आइतबार संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्या एक सय ५१ मात्र रहेको पनि जानकारी दिएको छ ।

शनिबार मात्रै पनि यहाँ २० हजारभन्दा बढी नागरिकमा नयाँ संक्रमण देखिएको थियो । फ्रान्सको स्वास्थ्य मन्त्रालयले महामारी सुरु भएदेखि यताको संख्या हेर्दा यहाँ २७ लाख ८३ हजारभन्दा बढीमा क्रमण देखिएको बताएको छ । यो संख्या युरोपेली देशहरूकै दोस्रो ठूलो संख्या हो । 

युरोपेली देशहरूमध्ये सबैभन्दा धेरै कोभिडका संक्रमित बेलायतमा छन् । यहाँ पछिल्लो समयमा कोभिडको नयाँ जातको संक्रमणको पनि प्रकोप बढेको देखिएको छ ।

उक्त एजेन्सीले दिएको जानकारीअनुसार फ्रान्समा ५७ हजार सात सय ५० जनाको यस संक्रमणबाट ज्यान गएको छ ।  शनिबारसम्मको तथ्यांक हेर्दा यहाँका २४ हजार पाँच सय ५९ जना विरामी अस्पतालमा उपचार गराइरहेका छन् ।

तीमध्ये पनि यहाँका दुई हजार ६ सय २९ जनालाई आइसियूमा राखेर उपचार गराइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । फ्रान्सका अधिकारीहरूले यहाँ पनि पछिल्ला केही सातायता बेलायतमा जस्तै कोरोना भाइरसको दोस्रो लहरको संक्रमण सुरु भएको जनाएका थिए । सोही कारण यहाँका धेरैजसो सेवा क्षेत्रहरूमा लकडाउन गरिएको छ । लकडाउनका कारण जनजीवन निकै नै प्रभावित भएको राजधानी पेरिसबाट प्राप्त भएका समाचारमा जनाइएको छ ।