मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस/सिन्ह्वा वासिङ्टन
२०७७ पौष २६ आइतबार १३:३०:००
Read Time : > 1 मिनेट
पालिका अपडेट

अमेरिकामा कोभिड– १९ को नयाँ रेकर्ड, एकै दिन चार हजारभन्दा बढीको मृत्यु

Read Time : > 1 मिनेट
रासस/सिन्ह्वा वासिङ्टन
२०७७ पौष २६ आइतबार १३:३०:००

संयुक्त राज्य अमेरिकामा कोभिड– १९ बाट मृत्यु हुनेमा नयाँ रेकर्ड देखिएको छ । यहाँ एकै दिन कोभिड संक्रमणबाट चार हजारभन्दा बढीको ज्यान गएको छ ।

प्राप्त समाचारअनुसार कोभिडका कारणबाट अमेरिकामा गत बिहीबार मात्र कम्तीमा पनि चार हजारजनाको ज्यान गएको बताइएको छ । सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन, सिडिसीले दिएको जानकारीअनुसार बिहीबार मात्रै कम्तीमा चार हजार एक सय ८० जनाको संक्रमणबाट निधन भएको हो । त्यस दिन मात्र यो संक्रमणका दुई लाख ७९ हजार चार सय एकजना नयाँ संक्रमित भेटिएका छन् । यो संख्या पनि अमेरिकामा धेरैपछि एकै दिन देखिएको सबैभन्दा धेरै संख्या भएको सिडिसीले जनाएको छ ।

सिडिसीले दिएको जानकारीअनुसार अमेरिकामा कोरोना भाइरसको महामारी सुरु भएपछिको यो सबैभन्दा धेरै संख्याको संक्रमण र मृत्यु हो । यहाँ शुक्रबारको तथ्यांकअनुसार यहाँका करिब एक लाख ३२ जना नागरिक त कोभिडको संक्रमणका कारण बिरामी भएर अस्पतालमा नै रहेका छन् ।

नयाँ वर्ष सुरु भएपछिको पहिलो सातामा नै अमेरिकामा २३ हजार ८३ जना कोभिड– १९ को संक्रमणबाट मृत्यु भएको छ । यसका कारण यहाँ पछिल्ला दिनमा यो संक्रमणको त्रास थप बढेको अधिकारीहरूले जनाएका छन् ।

यो साताभित्रमा अमेरिकाका विभिन्न १६ वटा राज्यमा कोभिडका संक्रमितहरू बढेका छन् र उनीहरूमध्ये केहीलाई कडा लक्षणहरू देखिएका कारणअस्पताल नै भर्ना गरिएको स्वास्थ्य अधिकारीहरूले जानकारी दिएका छन् ।

अमेरिकामा अहिलेसम्ममा कोभिडबाट दुई करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । त्यसैगरी यो संक्रमणजन्य जटिलताका कारण यहाँका तीन लाख ६९ हजार जनाको ज्यान गइसकेको छ ।

जोन हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार यहाँ शनिबारसम्मको तथ्यांकमा यो संख्या देखिएको छ । साथै पछिल्ला केही दिनमा यहाँ संक्रमित हुने र मृत्यु हुने दर पनि बढेको देखिएको छ । 

गत वर्षको डिसेम्बरमा चीनको हुबे प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसको संक्रमणको कारण विश्वभरि नौ करोड १० लाखभन्दा बढी संक्रमित भएका छन् । 

यस संक्रमणको कारण विश्वभरि १९ लाख ३५ हजारभन्दा बढीको मृत्यु भएको छ भने  ६ करोड ४४ लाख ९२ हजार पाँच सय ९७ जना कोरोनामुक्त भएका छन् ।