मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ फाल्गुण २५ मंगलबार
  • Tuesday, 09 March, 2021
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष २४ शुक्रबार १६:२४:००
Read Time : < 1 मिनेट
कोरोना अपडेट डिजिटल संस्करण

कोरोना मिटर : पछिल्लो २४ घन्टामा ५५४ संक्रमित थपिए, ६ को निधन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष २४ शुक्रबार १६:२४:००

नेपालमा गएको २४ घन्टामा पाँच सय ५४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म संक्रमित हुनेको संख्या दुई लाख ६४ हजार एक सय ५९ पुगेको छ । 

त्यस्तै २४ घन्टामा पाँच सय ८५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख ५७ हजार दुई सय २९ पुगेको मन्त्रालयले जनाएको छ । अहिले देशभरि सक्रिय संक्रमितको संख्या हालसम्म पाँच हजार २१ रहेको छ । 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप ६ को निधन भएको छ। हालसम्म संक्रमणबाट निधन हुनेको संख्या एक हजार नौ सय नौ पुगेको छ ।