१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १६:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १९ सय नाघ्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:४२:oo

नेपालमा कोरोना संक्रमणबाट निधन हुनेको संख्या १९ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट थप चारजनाको निधन भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ सय तीन पुगेको हो ।

यो अवधिमा थप चार सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पाँच हजार एक सय ३२ जनाको पिसिआर परीक्षण गर्दा चार सय १२ जनामा संक्रमण देखिएको हो । 

योसँगै देशभर संक्रमितको संख्या दुई लाख ६३ हजार ६ सय पाँच पुगेको छ भने सक्रिय संक्रमितको संख्या पाँच हजार ५८ रहेको छ । 

त्यस्तै, २४ घन्टामा चार सय ८३ जना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या दुई लाख ५६ हजार ६ सय ४४ पुगेको छ ।

ad
ad