१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
रासस/एएफपी ओस्लो
२o८१ बैशाख २४ सोमबार १५:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व

नर्वेमा पहिरो एकको मृत्यु, नौ बेपत्ता

Read Time : < 1 मिनेट
रासस/एएफपी ओस्लो
नयाँ पत्रिका ओस्लो
२o८१ बैशाख २४ सोमबार १५:४९:oo

नर्वेमा पहिरोका कारण कम्तीमा एकजनाको मृत्यु भएको छ भने अरू नौजना बेपत्ता भएका छन् । राजधानी ओस्लोदेखि २५ किलोमिटर टाढा रहेको पहाडी क्षेत्र आस्कमा मंगलबार राति पहिरो गएको अधिकारीहरूले जनाएका छन् ।

पहिरोका कारण मानवीय क्षतीसँगे भौतिक संरचनामा पनि ठूलो क्षति भएको छ । घर तथा अन्य भवनहरूसमेत नष्ट भएका छन् । ‘पहिरो गएको ठाउँबाट एकजनाको शव निकालिएको छ भने अरू बेपत्ता भएकाहरूको खोजी भइरहेको छ,’ एक प्रहरी अधिकारीले भने ।

घटनास्थलमा हिउँ परिरहेकाले खोजी तथा उद्धारमा कठिनाइ भइरहेको घटनास्थलमा खटिएकाहरूले बताएका छन् । प्रहरीले केही दिनअघि नै पहिरोमा परी कुल १० जना बेपत्ता भएको जनाएको थियो । बेपत्ता भएकामध्ये आठजना वयस्क छन् भने एकजना दुई वर्षका छन् । 

नर्वेका सञ्चारमाध्यमहरूले उनीहरूको खोजी तथा उद्धारका लागि हेलिकोप्टर र एम्बुलेन्स परिचालन गरिएको जनाएका
छन् ।  
 

ad
ad