१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ पौष १८ शनिबार
  • Monday, 30 June, 2025
२o७७ पौष १८ शनिबार १३:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कारकाे ठक्करबाट पाटेबाघको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ पौष १८ शनिबार १३:३२:oo

पथलैया-हेटौँडा सडकखण्डको आधाभारनजिक कारकाे ठक्करबाट एउटा पाटेबाघको मृत्यु भएको छ । 

हेटौँडाबाट सर्लाहीतर्फ जाँदै गरेको बा १६ च ८११ नम्बरको कारको ठक्करबाट बाघको मृत्यु भएको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रमेश यादवले जानकारी दिए ।

राजमार्गको दुवैतर्फ पर्सा राष्ट्रिय निकुञ्ज रहेको हुँदा बाघले बाटो क्रस गर्ने क्रममा तीव्र गतिमा आइरहेको कारले बाघलाई डक्कर दिएको निकुञ्जले जनाएको छ ।

मृत पाटेबाघ अन्दाजी ९–१० वर्षको पोथी प्रजातिको रहेको छ । बाघलाई ठक्कर दिने कार र कारचालकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अगाडि बढाएको निकुञ्जले जनाएको छ ।