१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
हेमन्त केसी जाजरकोट
२o८१ बैशाख २४ सोमबार o९:२o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

अज्ञात समूहद्वारा सरकारी गाडीमा आगजनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o९:२o:oo

कर्णाली प्रदेशको अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडीमा गएराती अज्ञात समूहले आगजनी गरेको छ ।  

जाजरकोट (क) बाट निर्वाचित प्रदेश सभा सदस्य एवं सभापति गणेशप्रसाद सिंह चढ्दै आएको कर्णाली प्रदेश ०२००१झ००४० नम्बरको गाडी भेरी  नगरपालिका- ७ पुन्मामा गएराति आगजनी भएको हो । 

आगजनीबाट गाडी पूर्ण रूपमा नोक्सान भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । प्रहरीले अहिलेसम्म आगजनी गर्ने कसैलाई पनि पक्राउ गर्न सकेको छैन । तर, घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

ad
ad