मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ पौष १६ बिहीबार
  • Tuesday, 15 July, 2025
रासस
२o७७ पौष १६ बिहीबार १३:o४:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

पोर्चुगलमा काेराेना संक्रमणबाट एक नेपालीकाे निधन 

Read Time : < 1 मिनेट
रासस
नयाँ पत्रिका
२o७७ पौष १६ बिहीबार १३:o४:oo

कोभिडका कारण पोर्चुगलमा २७ वर्षीय एक नेपाली युवककाे उपचारका क्रममा निधन भएको छ । साउ जोसे अस्पताल मार्तिमुनिज लिस्बनमा उपचाररत उनी दुई वर्षदेखि पोर्चुगलमा थिए । 

तनहुँ घर भएका ती युवक विगत एक महिनादेखि निमोनिया र कोभिड संक्रमणका कारण अस्पतालकाे आइसोलेसनमा बसेर उपचार गराइरहेका थिए । 

कोभिडका कारण ज्यान गुमाउने उनी छैटाैँ व्यक्ति भएको त्यहाँकाे स्वास्थ्य महानिर्देशनालयले जनाएको  छ । पोर्चुगलमा कोभिडका कारण यसअघि एक नेपाली  महिलाको उपचारको क्रममा निधन भएको थियो । यससँगै कोभिडबाट निधन हुने नेपालीको संख्या दुई पुगेको छ ।