देशभर ७३१ संक्रमित निको भए, ४८१ थपिए, ६ को निधन

आइतबार, १२ पुष, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा थप  चार सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा यो संख्यासँगै कोरोना संक्रमण हुनेको संख्या दुई लाख ५८ हजार एक सय ८१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा सात सय ३१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या दुई लाख ४९ हजार आठ सय ६३ पुगेको छ । 

अहिले देशभर सक्रिय संक्रमितको संख्या ६ हजार चार सय ९३ रहेको छ ।

कोरोना संक्रमणबाट २४ घन्टामा थप ६ जनाको निधन भएको छ । हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १८ सय २५ पुगेको छ।

सुझावित समाचार