मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ पौष १२ आइतबार १३:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

राज्य दोहन गरेर कमाउनेतर्फ नसोचौँ : पर्यटनमन्त्री ढकाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ पौष १२ आइतबार १३:११:००

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले सरकारमा रहेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु आफ्नो उद्देश्य नभएको दाबी गरेका छन् । 

आइतबार मन्त्रालयमा कार्यभार ग्रहण गरेपछि कर्मचारीहरूसँग कुरा गर्दै मन्त्री ढकालले स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्ने राजनीतिक उद्देश्य नराखेको बताएका हुन् ।

आफूले सकेसम्म सेवामा समर्पित गर्दै सुनाम कमाउने मात्रै उद्देश्य राखेको मन्त्री ढकालले बताए । 

उनले भने, ‘स्वाभिमान र इमानलाई बन्धक राखेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु मेरो राजनीतिक उद्देश्य हाेइन । जति सक्छु म सेवामा समर्पित हुन्छु । जति कमाउनु छ मलाई सुनाम कमाउनु मात्रै छ ।’

राज्यलाई दोहन गरेर राज्यबाट के पाउँछु भन्दा पनि राज्यलाई समृद्ध बनाउनतर्फ सबैले सोच्नुपर्ने पनि मन्त्री ढकालले बताए । 

उनले भने, ‘राज्य दोहन गरेर राज्यबाट मैले के पाउँछु भन्ने कुराभन्दा पनि राज्यलाई समृद्ध बनाउने कुरामा मेरो योगदान के हुन सक्छ र त्यो संस्थाको उपयोगिता कसरी हुन्छ भन्ने कुरामा अलि बृहत् भएर सोचौँ ।’

पर्यटन मन्त्रालयको इतिहासलाई हेर्दा गर्व गर्ने ठाउँ रहेको, तर त्यसभित्रका बदानमीहरूले राम्रो नगरेको पनि मन्त्री ढकालले बताए ।

तारागाउँ समितिको पनि आफ्नै महत्व भएको, तर त्यसभित्रको कथा बेग्लै भएकाले त्यसलाई सुधार गर्न आफूले अध्ययन थाल्ने पनि मन्त्री ढकालको भनाइ छ । 

मन्त्री ढकालले कर्मचारीलाई काम गर्न सहज वातावरण निर्माण गर्ने कुरामा आफूले सधैँ ध्यान दिने आश्वासन कर्मचारीलाई दिए ।