१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रासस/सिन्ह्वा बेरुत
२०७७ पौष १२ आइतबार १२:२४:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

लेबनानमा पनि कोरोना भाइरसको नयाँ संक्रमण भेटियो

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा बेरुत
२०७७ पौष १२ आइतबार १२:२४:००

लेबनानमा पनि कोरोना भाइरसको नयाँ संक्रमण भेटिएको छ । बेलायतबाट लेबनानको राजधानी बेरुतमा पुगेका एकजना व्यक्तिमा यो संक्रमण भेटिएको लेबनानका स्वास्थ्यमन्त्री हमाद हसनले बताएका छन् ।

उनले बेलायतबाट लेबनानको राजधानी बेरुतमा आएका एकजना नागरिकमा कोरोना भाइरसको नयाँ संक्रमण भेटिएको जानकारी शुक्रबार दिएका हुन् । उनी गत सोमबार जहाजबाट लेबनान आएका थिए ।

त्यसपछि सो जहाजमा आएका सबै यात्रुलाई सतर्क रहनका साथै अन्य सुरक्षित मापदण्डहरू अपनाउन भनिएको स्वास्थ्यमन्त्री हसनले जानकारी दिए । ती संक्रमित भेटिएपछि लेबनानको सरकारले बाहिरबाट आउने उडानमाथि प्रतिबन्ध लगाएको छ । स्वास्थ्यमन्त्री हसनले सो जनकारी ट्विटमार्फत दिएका हुन् । 

केही समयअघि मात्र बेलायतमा देखिएको कोरोना भाइरसको नयाँ संक्रमण अर्थात् प्रकार युरोपका विभिन्न देशमा पनि देखिएको छ । यो संक्रमण फ्रान्समा पनि पहिलोपटक देखापरेको छ । फ्रान्सको स्वास्थ्य मन्त्रालयका अनुसार गत साता लन्डनबाट फर्किएका फ्रान्सेली पुरुषमा उक्त भाइरस पाइएको छ ।

उनलाई घरैमा आइसोलेसनमा राखिएको र अहिलेसम्म उनमा कुनै लक्षण भने नदेखिएको बताएको छ । सो नयाँ संक्रमणको घटनापछि फ्रान्सले पनि गत बुधबारदेखि बेलायतसँगको आवतजावतमा प्रतिबन्ध लगाउनेबारे नीति बनाएको थियो ।

यसअघि भाइरसको उक्त नयाँ प्रकार डेनमार्क, अस्ट्रेलिया र द नेदरल्यान्ड्समा पनि पाइएको थियो । नयाँ प्रकारको भाइरस थप संक्रामक भएको भन्ने विवरणहरू आइरहेका छन् । यसपछि विश्वका थुप्रै देशहरूले ब्रिटेनबाट आउने र जाने उडान रद्द गरिदिएका छन् । नयाँ प्रकारको भाइरसको संक्रमण रोक्न बेलायतमा पनि अहिले अत्यन्तै कडा बन्देजहरू लागू गरिएका छन् ।