पछिल्लो २४ घन्टामा ८४० संक्रमित निको हुँदा ५०० थपिए, ३ को निधन

शनिबार, ११ पुष, २०७७
डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा थप पाँच सयजनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

योसँगै हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ५७ हजार सात पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा आठ सय ४० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । हालसम्म कोरोना संक्रमण निको हुनेको संख्या दुई लाख ४९ हजार एक सय ३२ संख्या पुगेको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ६ हजार सात सय ४९ छ ।

मन्त्रालयका अनुसार हालसम्म १९ लाख पाँच हजार आठ सय २६ जनाको पिसिआर परीक्षण भएको छ । 

कोरोना संक्रमणबाट २४ घन्टामा थप तीनजनाको निधन भएको छ । हालसम्म कोरोना संक्रमणबाट निधन हुनेको संख्या १८ सय १९ पुगेको छ।

सुझावित समाचार