१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ पौष १ बुधबार ०६:४४:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मानव विकास सूचकांकमा नेपालको पाँच स्थान सुधार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ पौष १ बुधबार ०६:४४:००

विश्वव्यापी मानव विकास सूचकांक प्रतिवेदन २०२० सार्वजनिक भएको छ । प्रतिवेदनले नेपालले पाँच स्थान सुधार गर्दै १ सय ४२ स्थानमा उक्लिएको देखाएको छ । यसअघि नेपाल १४७औँ स्थानमा थियो । कुल १ सय ८९ देशमध्ये नेपाल ४७ देशभन्दा अगाडि देखिएको हो । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले नेपालको सूचकांकलाई मध्यम विकासको अवस्थालाई जनाउने उल्लेख गरेको छ । 

दक्षिण एसियाली क्षेत्रमा सबैभन्दा अगाडि श्रीलंका रहेको छ । श्रीलंकाको र्‍याकिङ ७२औँ स्थानमा छ । अघिल्लो वर्ष ७१औँ स्थानमा थियो । त्यस्तै, माल्दिभ्सले ९ स्थान सुधार गर्दै ९५औं स्थानमा उक्लिएको छ भने भुटानले ५ स्थान सुधार गरी १२९औँ स्थानमा रहेको छ । त्यसपछिका स्थानमा चौथो भारत र पाँचाैँ स्थानमा बंगलादेश रहेका छन् ।

ती देश क्रमशः १३१ र १३३औँ स्थानमा छन् । त्यसपछि छैटौँ नेपाल रहेको छ भने सातौँमा पाकिस्तान र अन्तिममा अफगानिस्तान रहेको छ । यसअघि आइतबार सार्वजनिक गरिएको नेपालले मानव विकास सूचकांकमा पछिल्ला ४ वर्षको तुलनामा राम्रो प्रगति देखिएको थियो ।

राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले सार्वजनिक गरेको सन् २०२० को प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचकांक मूल्य ०.५८७ छ । यो अघिल्लो वर्षको तुलनामा ०.०८ अंकले बढी हो । अघिल्लो वर्ष यो सूचकांक मुख्य ०.५७९ थियो । राष्ट्रिय योजना आयोगले अहिलेको सूचकांकले नेपाल मध्यम मानव विकासको कोटीमा परेको उल्लेख गरेको छ ।