१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर २९ सोमबार
  • Sunday, 11 May, 2025
गणेश लम्साल विराटनगर
२o७७ मङ्सिर २९ सोमबार १२:४o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कम्युनिस्ट नेतृत्वको सरकारमा कांग्रेस जाँदैन : कोइराला 

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o७७ मङ्सिर २९ सोमबार १२:४o:oo

कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कम्युनिस्ट नेतृत्वको सरकारमा कांग्रेस सहभागी हुन नसक्ने बताएका छन् ।

सोमबार विराटनगरस्थित कोइरालानिवासमा पत्रकारहरूसँग कुरा गर्दै महामन्त्री शशांकले कांग्रेस र कम्युनिस्ट विचार, व्यवहारमा फरक भएकाले उनीहरूको नेतृत्वमा सरकारमा जान नसकिने बताएका हुन् । 
 
उनले भने, ‘बिपीले भन्नुभएजस्तै मेरो पनि विचार हो, ‘कम्युनिष्टहरूसँग मिलेर सरकार बनाउन हुँदैन, हामी कन्युनिस्टसँग मिल्न सक्दैनौँ, यसैले  वर्तमान सरकारमा कांग्रेस जाँदैन ।’

महामन्त्री कोइरालाले तोकिएको मितिमा कांग्रेसको महाधिवेशन हुन नसक्ने दोहोऱ्याए । ‘क्रियाशील सदस्यता विवरण अझै केन्द्रमा प्राप्त भइनसकेको छैन । प्राप्त भएर त्यसको लगत तयार गर्न मात्रै थप तीन महिना लाग्छ,’ उनले भने, ‘त्यसैले फागुनसम्म त महाधिवेशन हुने सम्भावना नै छैन ।’

आज विराटनगरमा हुने प्रदेश १ स्तरीय कांग्रेसको प्रदर्शनलाई सम्बोधन गर्न विराटनगरका आएका महामन्त्री शशांकले कांग्रेस सर्वसत्तावादको विरोधमा मात्र भएर आमनेपालीको जनजीविकाको सवालका लागि आन्दोलन गर्न अग्रसर भएको बताए । 
उनले कांग्रेसको नेतृत्वमा बन्ने सरकार तल्लो वर्ग र किसानमुखी हुने बताए । 

कोइरालाले कोरोनाको प्रकोपले पारेको क्षतिलाई देशमा कृषि क्रान्ति गरेर सम्पन्नता हासिल गर्ने उनको दाबी छ । उनले भने, ‘विदेशमा अर्गानिक कृषि उत्पादनको धेरै माग छ, यसैले  हामीले पनि भारतको सिक्किम र भुटानले जस्तै अर्गानिक उत्पादन बढाएर आयआर्जन बढाउन सक्नेछौँ ।’