मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ मङ्सिर २८ आइतबार
  • Thursday, 10 July, 2025
रासस/एएनआई
२o७७ मङ्सिर २८ आइतबार १३:२६:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट

जापानमा एकैदिन तीन हजारभन्दा बढी कोरोना संक्रमित थपिए 

Read Time : < 1 मिनेट
रासस/एएनआई
नयाँ पत्रिका
२o७७ मङ्सिर २८ आइतबार १३:२६:oo

जापानमा पछिल्लो समयमा कोरोना भाइरस संक्रमण दर बढ्दै गएको छ । जापानमा शनिबार एकैदिन अहिलेसम्मकै धेरै संक्रमित थपिएका हुन् । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार कम्तीमा पनि तीन हजारजना संक्रमित थपिएका छन् । 

जापानको राजधानी टोकियोमा शनिबार अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको जानकारी दिइएको छ। सबैभन्दा बढी टोकियो र त्यसपछि अरू केही जिल्लामा संक्रमित भेटिएको बताइएको छ ।

योसँगै जापानमा अहिलेसम्म संक्रमण हुने व्यक्तिको संख्या ४६ हजारभन्दा बढी पुगेको छ । यहाँ शनिबार टोकियोमा ६ सय २१ जना संक्रमित भेटिएका थिए । पछिल्लो समयमा यहाँ संक्रमित बढ्दै गएपछि राजधानी टोकियोका होटेल रेस्टुरेन्ट तथा बढी भिडभाड हुने स्थानमा मानिसको आवतजावत रोकिएको छ । सरकारले आन्तरिक यातायात सेवा भने नरोक्ने जनाएको छ ।