मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७७ मङ्सिर २६ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७७ मङ्सिर २६ शुक्रबार १६:२o:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

पछिल्लो २४ घन्टामा काेराेनाबाट थप ११ जनाकाे निधन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ मङ्सिर २६ शुक्रबार १६:२o:oo

पछिल्लो २४ घन्टामा देशभर कोरोना संक्रमणबाट थप ११ जनाको निधन भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज निधन भएका संक्रमितसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १६ सय ७४ पुगेको छ। 

मन्त्रालयले दिएको जानकारीअनुसार शुक्रबार एक हजार ४४ जना कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा १२ सय ७१ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । 

शुक्रबारसम्म देशभर सक्रिय संक्रमितको संख्या १२ हजार एक सय ४८ रहेको मन्त्रालयले जनाएको छ । 

नेपालमा अहिले कोरोना संक्रमितको संख्या दुई लाख ४६ हजार ६ सय ९४ पुगेको छ । यसमध्ये दुई लाख ३२ हजार ८ सय ७२ संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।