१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार o६:o७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

बर्जर पेन्ट्स नेपालको होम सिल्ड वाटरप्रुफिङ उत्पादन बजारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार o६:o७:oo

बर्जर पेन्ट्स नेपालले सबै प्रकारका वाटरप्रुफिङसम्बद्ध समस्यालाई निराकरण गर्ने उद्देश्यले होम सिल्ड डिभिजनअन्तर्गत वाटरप्रुफिङ उत्पादनहरू बजारमा ल्याएको छ । कम्पनीले बजारमा पियुकोट, ड्याम्प सिल्ड इलास्टो, एड्भान्स्ड लेटेक्स प्लस, सिमेन्ट मिक्स प्लस र टायल क्लिनर उत्पादनहरू ल्याएको हो । 

केही महिनाभित्रमै होम सिल्ड ब्रान्डअन्तर्गत केही नयाँ उत्पादनहरू उपलब्ध गराउने योजना रहेको कम्पनीले जनाएको छ । यी उत्पादन नयाँ निर्माण तथा पुराना घर मर्मत कार्यमा समेत प्रयोग गर्न मिल्ने कम्पनीको दाबी छ । पियुकोट पोलियुरेथेनमा आधारित एक वातावरण–मैत्री घोलको वाटरप्रुफिङ सम्मिश्रण हो । 

सिमेन्ट लगाइएका सतहहरूमा अधिक तन्काइ र युभी प्रतिरक्षक झिल्ली निर्माण गरी यसले पानीलाई भित्र पस्नबाट रोक्ने कम्पनीको दाबी छ । यसले ओस लाग्न नदिने र संरचनालाई प्रतिकूल मौसमी अवस्थाहरूबाट संरक्षण गरेर थप हानि हुनबाट रोक्ने कम्पनीले जनाएको छ । यो उत्पादनमा १० वर्षे कार्यक्षमताका आधारमा वारेन्टी दिइएको कम्पनीले जनाएको छ ।

त्यस्तै, ड्याम्प सिल्ड इलास्टो एक पोलियुरेथेन परिमार्जित इलास्टोमेरिक घोल पदार्थ प्रयोग गरिएको वाटरप्रुफिङ झिल्ली हो । यो ६ वर्षे कार्यक्षमताको वारेन्टीसहित सिन्थेटिक फाइबरसँग मिसाइएको कम्पनीले जनाएको छ । यी ब्रान्डमा जल विकर्षक गुणहरू, मजबुत टँसाइ र ३ सय ५० प्रतिशतसम्मको अधिकतम तन्काइ र २ मिमिसम्मको चर्केको सतहलाई छोप्ने विशेषता रहेको कम्पनीको दाबी छ । 

कम्पनीका प्रमुख सञ्चालन अधिकृत सत्य प्रकाशले छत र भित्ताहरूको सुरक्षा नगरी त्यत्तिकै छाडिदिँदा त्यसबाट चर्किने, पानी रसाउने र ओस लाग्नेजस्ता समस्याहरू आउने विषयमा उपभोक्ताहरू सचेत नभएकाले भविष्यमा वाटरप्रुफिङ ठूलो समस्या बन्न जाने बताए । यस प्रकारका समस्याको निराकरण गर्न बर्जर होम सिल्डका उत्पादनहरू उपयोगी हुने उनको दाबी छ । 

ad
ad