अमेरिकामा फेरि बढ्यो संक्रमण : एकै दिन दुई लाख ३० हजार संक्रमित

आइतबार, २१ मंसिर, २०७७
डिजिटल संस्करण

अमेरिकामा कोरोना भाइरस संक्रमणको नयाँ रेकर्ड कायम भएको छ । यहाँ पछिल्लो २४ घन्टामा दुई लाख ३० हजार व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघिका दुई दिन पनि दिनहुँ दुई लाखभन्दा बढी संक्रमित भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।  

पछिल्लो २४ घन्टामा कोरोनाबाट दुई हजार पाँच सय २७ जनाको मृत्यु भएको विश्वविद्यालयले जानकारी दिएको छ । गत वर्षको डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसका कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ कोरोना भाइरस सुरु भएदेखि हालसम्म एक करोड ४६ लाख व्यक्ति संक्रमित भएका छन् भने  संक्रमणबाट दुई लाख ८१ हजार व्यक्तिको मृत्यु भइसकेको छ  ।

सुझावित समाचार