कोरोना संक्रमणबाट निधन हुने विदेशमा रहेका गैरआवासीय नेपालीको संख्या तीन सय नाघेको छ ।
हालसम्म विश्वका विभिन्न २० मुलुकमा रहेको तीन सय एक गैरआवासीय नेपालीको निधन कोरोना संक्रमणबाट भएको हो ।
पछिल्लो यस साता थप दुईजना कोरोना संक्रमित गैरआवासीय नेपालीको निधन भएसँगै यो संख्या तीन सय नाघेको गैरआवासीय नेपाली संघ एनआरएनएले जनाएको छ ।
यो साता जर्मनीमा एकजना र भारतमा एकजना गैरआवासीय नेपालीको कोरोना भाइरसको संक्रमणका कारण निधन भएको हो ।
संघका अनुसार शनिबार साँझसम्ममा विश्वका विभिन्न ४९ देशमा रहेका ४८ हजार ६ सय ३९ जना गैरआवासीय नेपालीमा कोरोना संक्रमण देखिएको छ ।
त्यसमध्ये ४४ हजार ६ सय ७१ जनामा भने कोरोना निको भइसकेको छ ।