Skip This
ad
गोरु तस्करी : बुटवलमा समातिए पाँच ट्रकमा एक सय २१ गोरु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
२o८१ बैशाख २६ बुधबार o८:५६:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गोरु तस्करी : बुटवलमा समातिए पाँच ट्रकमा एक सय २१ गोरु

ट्रकका ट्रक गोरु तस्करी : एक रातमै बुटवलमा समातिए एक सय २१ गोरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o८:५६:oo

प्रहरीले एक रातमै बुटवलमा एक सय २१ गोरु समातेकाे छ । गएराति बुटवलस्थित मुख्य राजमार्गबाट पाँचवटा ट्रकमा गोरु बरामद गरेकाे हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार गएराति करिब २  बजे प्रहरीले पाँच ट्रकसहित एक सय २१ गोरु बरामद गरेको हो । ती ट्रक पश्चिमबाट पूर्वतर्फ जाँदै थिए ।

पश्चिमतर्फबाट पूर्वतर्फ गोरु ओसार-पसार हुँदै छ भन्ने सूचनाको आधारमा बुटवल- ६ अस्पताललाइनस्थित पूर्व–पश्चिम राजमार्गबाट प्रहरीले गोरुसहित ट्रकचालकसमेतलाई पक्राउ गरेको छ । पश्चिमबाट पूर्वतर्फ आइरहेका ट्रकलाई रोकी चेकजाँच गर्ने क्रममा  ट्रकमा गोरु फेला परेका हुन् । 

प्रहरीका अनुसार  ना.५ ख ५६५५ नम्बरको ट्रकमा २२ वटा, ना.८ ख ७३०२ नम्बरको ट्रकमा २५ वटा, बागमती प्रदेश ०३–००१ ख ०३३३ नम्बरको ट्रकमा २५ वटा, ना.६ख ५७१२ नम्बरको ट्रकमा २३ वटा र ना.५ख ७५३९ नम्बरको ट्रकमा २६ वटा गोरु फेला परेका छन् । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाका अनुसार बाँकेको बैजनाथपुरबाट ल्याउँदै गरेका गोरु र ट्रक बुटवलमा प्रहरीले फेला पारेको हो । प्रहरीले ती ट्रकका चालकहरूलाई पक्राउ गरेको छ ।

चेक जाँचका क्रममा कागजातहरूसमेत शंकास्पद देखिएको र उक्त ट्रकमा रहेका एक सय २१ गोरु तथा ट्रकचालकसमेतलाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारबाहीको लागि पशु क्वारेन्टाइन भैरहवामा पठाइएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका अभियुक्त 

प्रहरीले  बारा निजगढ नगरपालिका– ८ बस्ने वर्ष ३६ का गणेश पौडेल, बारा जितपुर सिमरा नगरपालिका– १६ बस्ने वर्ष ३८ का तिल बहादुर जिम्बा, बारा निजगढ नगरपालिका– ९ बस्ने वर्ष ५२ का शम्भु भट्टराई, मकवानपुर हेटौँडा उपमहानगरपालिका– १४ बस्ने वर्ष ३० का लक्ष्मण दनै र बारा निजगढ नगरपालिका– ९ बस्ने वर्ष ३२ नवराज कार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

ad
ad