१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७७ मङ्सिर १९ शुक्रबार
  • Saturday, 05 July, 2025
२o७७ मङ्सिर १९ शुक्रबार १६:३९:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना मिटर : १५ सय ७५ निको हुँदा १२ सय ७२ संक्रमित थपिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ मङ्सिर १९ शुक्रबार १६:३९:oo

नेपालमा पछिल्लो २४ घन्टामा थप १२ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार योसँगै कोरोना संक्रमितको संख्या दुई लाख ३८ हजार आठ सय ६१ पुगेको छ । 

मन्त्रालयका अनुसार यो अवधिमा काठमाडौं उपत्यकामा थप ६ सय ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार चार सय ४७ रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थप १५ सय ७५ जना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै निको हुने संक्रमितको संख्या दुई लाख २१ हजार आठ सय ४७ पुगेको छ।