१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
एजेन्सी ओटावा
२०७७ मङ्सिर १९ शुक्रबार १४:१८:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

जनवरीदेखि कोरोनाविरुद्धको खोप दिने क्यानडाको तयारी

Read Time : < 1 मिनेट
एजेन्सी ओटावा
२०७७ मङ्सिर १९ शुक्रबार १४:१८:००

क्यानडा सरकारले आगामी जनवरीदेखि कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ ।  

क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टीनले जनवरीदेखि खोप वितरण गर्नेगरी तयारी भइरहेको जानकारी दिए ।

‘यो धेरै गाह्रो काम हो, हामी गरिरहेका छौँ, जनवरीमा खोप आउने र तत्कालै हामीले वितरण गर्नेगरी तयारी गरिरहेका छौँ,’  उनले भने ।

उनलाई क्यानडाको सरकारले गत हप्ता सार्वजनिक स्वास्थ्य सेवा सञ्चालन तथा व्यवस्थापन सम्वन्धी निकायको उपाध्यक्षको रुपमा नियुक्त गरेको थियो । 

सरकारी अधिकारी र सेनासँग मिलेर त्यस सम्बन्धी काम गर्ने जिम्मेबारी समेत उनलाई दिइएको छ ।

उनले डिसेम्बर ७ देखि यस सम्बन्धी कामका लागि क्यानडाको सेना खटिने र डिसेम्बर २५ सम्ममा सबै तयारी पुरा हुने पनि विश्वास व्यक्त गरे । 

क्यानडामा अहिलेसम्म तीन लाख ९० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । १२ हजारभन्दा बढीले कारोनाका कारण ज्यान गुमाएका छन् ।