Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
एजेन्सी
२०७७ मङ्सिर १८ बिहीबार १९:२३:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

मोर्डनाको भ्याक्सिन परीक्षण अब किशोरकिशोरीमा

Read Time : > 1 मिनेट
एजेन्सी
२०७७ मङ्सिर १८ बिहीबार १९:२३:००

भ्याक्सिन निर्माता कम्पनी मोर्डनाले १२ देखि १८ वर्ष उमेरका किशोरकिशोरीमा कोरोनाविरुद्धको भ्याक्सिन परीक्षण गर्ने भएको छ । वयस्कमा गरिएको परीक्षण सफल भएपछि कम्पनीले किशोरकिशोरीमाथि भ्याक्सिन परीक्षण गर्न लागेको हो ।

कम्पनीको वेबसाइटमा प्रकाशित सूचनाअनुसार चाँडै नै गरिने यो परीक्षणमा तीन हजार किशोरकिशोरी सहभागी हुनेछन् । जसमध्ये आधालाई चार साताको अन्तरालमा दुई डोज खोप र बाँकी किशोरकिशोरीमा नुनपानी भएको प्लेसबो सट दिइनेछ ।

मोर्डनाले किशोरकिशोरीमा परीक्षण सुरु गर्ने बताए पनि परीक्षण कहिलेबाट सुरु गर्ने निश्चित भने गरिसकेको छैन । ट्रायलमा सहभागी स्वयंसेवी छान्नका लागि अझै सूची तयार नभएको कम्पनीका प्रवक्ताले बताएका छन् । मोर्डनाले ३० हजार वयस्कमा गरिएको ट्रायल परीक्षण सफल भएको र ९४ प्रतिशत प्रभावकारी देखिएको सोमबार मात्रै सार्वजनिक गरेको थियो । वयस्कहरूमा खोप प्रभावकारी देखिएपछि एफडिएले इमर्जेन्सीमा प्रयोगमा गर्न सकिने गरी अनुमति दिइसकेको छ । योसँगै डिसेम्बरको अन्तिम सातादेखि संक्रमणको उच्च जोखिममा रहेका वयस्कहरूमा खोप दिइने कम्पनीले जनाएको छ ।

तर, किशोरकिशोरीमा खोप प्रयोगमा ल्याउनुभन्दा पहिले परीक्षण आवश्यक हुन्छ । सामान्यतया वयस्कमा परीक्षण गरिएको खोप किशोरकिशोरीमा सीधै प्रयोगमा ल्याउन नसकिने भएकाले परीक्षण गर्न लागेको उत्पादन कम्पनीले जनाएको छ । मोर्डनाले हालसम्म किशोरकिशोरी र गर्भवतीमा भ्याक्सिन परीक्षण गरेको छैन । नयाँ क्लिनिक ट्रायल प्रभावकारी नदेखिएसम्म प्रत्येक किशोरी वा महिला गर्भवती भए–नभएको जाँच गराएर मात्र भ्याक्सिन प्रयोगमा ल्याइनेछ । अबको नयाँ परीक्षण किशोरकिशोरीमा गरिनेछ, जुन हालसम्म अन्य खोप उत्पादन कम्पनीले गरेका छैनन् । मोर्डनाले तत्काल किशोरकिशोरीमा परीक्षण गर्ने र त्यसपश्चात् ठूला बालबालिका र पछि साना बालबालिकालाई ट्रायलमा सहभागी गराइने जनाएको छ ।

सिडिसीका भ्याक्सिन सल्लाहकार डा. विलियम सेफनरले सुरुमा किशोरकिशोरीमा परीक्षण गर्दा भ्याक्सिनले शरीरमा गर्ने प्रतिक्रिया अभिभावकलाई भन्न सक्ने भएकाले प्रभावकारी हुने बताए । भ्याक्सिनले दुई दिन अर्थात् ४८ घन्टाको अन्तरालमा शरीरमा प्रतिक्रिया जनाउने छ । यदि बालबालिकामा गम्भीर साइडइफेक्ट देखिए दोस्रो डोज दिइनेछैन । सामान्यतया वयस्क र किशोरकिशोरीमा एउटै खोपले काम गर्छ, मोर्डनाले परीक्षणको क्रममा वयस्कमा प्रयोग गरिएको कच्चा पदार्थ प्रयोगमा ल्याउनेछ । तर, सबै खोपमा एउटै नहुन सक्छ, जस्तै हेपाटाइटिस बी भ्याक्सिन किशोरकिशोरी र वयस्कमा छुट्टै डोज आवश्यक हुन्छ ।

फाइजरले गत १२ अक्टोबरदेखि नै बालबालिकामा परीक्षण सुरु गरेको थियो । वयस्कमा गरिएको बृहत् परीक्षणबाट ९५ प्रतिशत प्रभावकारी देखिएपछि एफडिएले अनुमति पनि दिइसकेको छ । यस्तै बेलायत सरकारले इमर्जेन्सीमा प्रयोग गर्ने गरी फाइजरलाई अनुमति पनि दिइसकेको छ ।