मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ मङ्सिर १८ बिहीबार १५:२४:००
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

बिओपी राखेपछि पाँचथर–सिक्किम सीमा क्षेत्रमा आउने आन्तरिक पर्यटक बढे

Read Time : > 1 मिनेट
२०७७ मङ्सिर १८ बिहीबार १५:२४:००

नेपालको पाँचथर र भारतको सिक्किम र पश्चिम बंगालको सीमाक्षेत्रमा आन्तरिक पर्यटक बढेका छन । 

सीमा क्षेत्रमा नेपाली सुरक्षाकर्मी राखिएपछि त्यहाँ घुम्न जाने आन्तरिक पर्यटक ह्वात्तै बढेको फालेलुङ गाउँपालिकाले जनाएको छ । 

अहिले सीमा क्षेत्रको पर्यटकीय दृष्यावलोकनामा रमाउने धेरै बढेका छन । 

फालेलुङ १ कि चाहाना जबेगूले यस ठाउँमा घुम्न आउँदा निकै आनन्द लागेको बताइन् । 

उनीसँगै १६ जना मध्ये आधा भन्दा धेरै पहिलो पटक यस स्थलमा आएको बताए । 

यो समय उच्च पहाडी क्षेत्रको यात्राका लागि सहज मानिन्छ । हिउँ पर्न थालिसकेको छैन । चिसो पनि ठिक्क मात्रै छ ।

फालेलुङ ४ का अध्यक्ष बिश्वास सावदेनले भने–सबै भन्दा पर्यटक भित्रनुमा बिओपी स्थापना हो । सीमा क्षेत्रमा नेपाली पर्यटकलाई ढुक्क संघ घुम्ने बाताबरण यस अघि थिएन । सबैलाई डर थियो । 

पाँचथरको सीमा क्षेत्रमा मात्रै अहिले चार स्थानमा बिओपी राखिएको छ । सीमामा सुरक्षा कायम हुने भएपछि आन्तरिक पर्यटक बढेका हुन ।

दैनिक जसो गाडी रिर्जव लिने गरेको सोही क्षेत्रमा लामो समय देखी ट्याक्सी सञ्चालन गरिरहेका रोशन सेढाईले बताए । 
‘यो सिजनमा मात्रै म ५० औ पटक पुगिसकेँ’ उनले भने ‘अझै गाढी रिजर्भ गरेर जानेहरुको संख्या बढि रहेको छ ।’

फालेलुङ ४ को गोर्खेपानीमा बिओपी राख्ने तयारी संगै त्यहाँसम्म पुग्ने सडक सुधारीएपछि सीमा यात्रामा पुग्नेलाई सहज भएको छ ।

फालौट क्षेत्रमा इलाम तर्फबाट आउने पर्यटक शन्दकपुरबाट आउँछन । पाँचथर र ताप्लेजुङ तर्फबाट पनि दैनिक जसो सयौ पर्यटक सीमा क्षेत्र पुग्छन् । 

फालौट पुगेर उच्च पहाडी क्षेत्रको दृष्यावलोकन मुख्य आकर्षण हो । हिमाली सृङखलाहरुमा रमाउने पनि धेरै छन । 

केही यात्रुहरु तीर्थ यात्राका लागि पनि उच्च पहाड पुग्ने गरेका छन । पछिल्लो समय पर्यटक बढेसँगै त्यहाँ रहेका गोठहरु पनि ब्यवस्थित हुन थालेका छन । 

उच्च पहाडी क्षेत्रमा पर्यटकको ब्यवस्थापनका लागि फालेलुङ गाउँपालिकाले तयारी गरिरहेको छ । 

पर्यटकको चापलाई मध्यनजर गर्दै त्यहाँ स्थाई, अस्थाई संरचना निर्माण गर्नेसहितका तयारी गाउँपालिकाले बनाएको छ ।