काेराेना मिटर : थप १४९० मा कोरोना पुष्टि, १५६७ संक्रमणमुक्त

बुधबार, १७ मंसिर, २०७७
डिजिटल संस्करण

नेपालमा पछिल्ले २४ घन्टामा थप १४ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार आज थपिएको संख्यासँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ३६ हजार दुई सय ४६ पुगेको छ ।

त्यस्तै यो अवधिमा १५ सय ६७ जना कोरोना संक्रमित निको भएका छन् । अहिलेसम्म निको हुनेको संख्या दुई लाख १८ हजार एक सय ६१ पुगेको छ । 

आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार पाँच सय ४७ रहेको मन्त्रालयले जनाएको छ । 

सुझावित समाचार