१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ मङ्सिर १४ आइतबार १५:५५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बलात्कार आरोपी सिद्धबाबालाई थुनामै राख्न सर्वोच्चको आदेश    

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ मङ्सिर १४ आइतबार १५:५५:००

सर्वोच्च अदालतले बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णदास गिरीलाई थुनामै राख्न आदेश दिएको छ ।

उच्च अदालत विराटनगरको आदेशलाई सदर गर्दै १२ मंसिर शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश आनन्दमोहन भट्टराई र प्रकाश ढुंगानाको संयुक्त इजलासले आरोपी सिद्धबाबालाई थुनामै राखेर पुर्पक्ष गर्न आदेश गरेको हो ।

विवादास्पद धर्मगुरु  सिद्धबाबा भनिने कृष्णदास गिरीलाई ९ माघ ०७६ मा उच्च अदालत विराटनगरले जिल्ला अदालत सुनसरीको आदेशलाई बदर गर्दै थुनामा राखेर पुर्पक्ष गर्न आदेश गरेको थियो । 

उच्च अदालतको आदेशलाई बेरितको भन्दै रितअनुसारको आदेश माग्दै कृष्णदासले सर्वाेच्चमा निवेदन गरेका थिए । तर, सर्वाेच्चले उच्चको आदेश रितअनुसारको भन्दै कानुनबमोजिम गर्न आदेश गरेको छ ।

१४ पुस ०७५ मा   जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई तीन लाख धरौटीमा बाहिर बसेर पुर्पक्ष गर्न पाउने गरी थुनामुक्त गरेको थियो । 

उच्चले  थुनामा राख्ने आदेश गरेपछि भारततर्फ फरार भएका अभियुक्त कृष्णदास पछि आफैँ अदालतमा हाजिर भएपछि उनी सुनसरीको झुम्का कारागारमा बन्दी जीवन बिताइरहेका छन् ।   

सुनसरीको चतराधामस्थित आश्रममा आफ्नै साधक महिलालाई ४ कात्तिक २०७६ मा बलात्कार गरेको आरोप कृषदासलाई लागेको थियो । आरोपी महिलाले किटानी जाहेरी दिएपछि पक्राउ पर्ने डरले कृष्णदास १२ मंसिरमा सिकिस्त बिरामीको बहाना बनाएर विराटनगरस्थित विराट अस्पतालमा  भर्ना भएका थिए ।

सुनसरी प्रहरीले उनलाई १६ कात्तिकमा  पक्राउ गरी अस्पतालमै राखेर पटकपटक अदालतमा म्याद थप गराएर अपराधको अनुसन्धान गरेको थियो ।