१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार o७:१६:oo
Read Time : > 1 मिनेट
ad
ad
पालिका अपडेट प्रिन्ट संस्करण

कोरोनाबाट मृत्यु हुनेको संख्या १४ सय नाघ्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o७:१६:oo

नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार चार सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या एक हजार चार सय १२ पुगेको छ । 

त्यस्तै, बिहीबार एक हजार ६ सय १४ जना नयाँ संक्रमित देखिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख २७ हजार ६ सय ४० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यसैगरी पछिल्लो २४ घन्टामा एक हजार चार सय ३७ जना कोरोनाबाट मुक्त भएका छन् । योसँगै निको हुनेको संख्या पनि दुई लाख नौ हजार चार सय ३५ पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या १६ हजार सात सय ९३ छ । 

काठमाडौंमा ७८५ जनामा संक्रमण
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा सात सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा ६ सय ३७ महिला र चार सय ४८ पुरुष छन् ।अहिले काठमाडाैंमा सात हजार ६ सय ४४, ललितपुरमा एक हजार चार सय ९४ र भक्तपुरमा पाँच सय ८९ जना सक्रिय संक्रमित रहेका छन् । मनाङ, डोल्पा र मुगुमा सबै संक्रमित निको भएका छन् । 

योजना आयोगका पूर्वउपाध्यक्ष डा. शाक्यको कोरोनाबाट निधन
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको कोरोना भाइरसको संक्रमणबाट ७६ वर्षको उमेरमा बिहीबार निधन भएको छ । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचाररत डा. शाक्यको बिहीबार बिहान ४ बजे निधन भएको हो । 

डा. शाक्य तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीका पालामा आयोगका उपाध्यक्ष भएका थिए । उनी तत्कालीन अर्थमन्त्री डा. रामशरण महतका पालामा अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार रहेका थिए । 

उनले योजना आयोगबाट शाखा अधिकृतका रूपमा सेवा सुरु गरेका थिए । उनले अमेरिकाबाट अर्थशास्त्रमा स्नातकोत्तर र भारतको मुम्बई विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए । 

उनलाई २० कात्तिकमा कोरोना संक्रमण भएको थियो । २५ कात्तिकसम्म ग्लोबल अस्पतालमा उपचार गरेका उनी त्यसपछि मेडिसिटी अस्पताल भर्ना भएका थिए । उनी मधुमेह र उच्च रक्तचापबाट पनि पीडित थिए । उनका श्रीमती र चार छोराछोरी छन् ।

ad
ad