१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
रासस काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १३:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

१० प्रतिशतले घट्यो आयात, बढ्यो निर्यात 

Read Time : < 1 मिनेट
रासस काठमाडाैं
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार १३:३१:oo

चालू आर्थिक वर्ष ०७७/७८ को पहिलो चार महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा भने वृद्धि भएको छ । 

भन्सार विभागले सार्वजनिक गरेको चार महिनाको तथ्यांकअनुसार १० प्रतिशत आयातमा कमी आउँदा १० प्रतिशतले नै निर्यातमा वृद्धि भएको हो । 

भन्सार विभागको तथ्यांकमध्ये चालू आवको पहिलो चार महिनाको अवधिमा रु. चार खर्ब दुई अर्बको विदेशी वस्तुको आयात भएको छ ।

यो गत आवको सोही अवधिको तुलनामा १० दशमलव ६२ प्रतिशतले कमी हो । यसैगरी चार महिनाको अवधिमा रु. ४० अर्ब २० करोडको वस्तु निर्यात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा १०.८१ प्रतिशतले बढी हो ।

तथ्यांकअनुसार चार महिनाको अवधिमा रु. चार खर्ब ४२ अर्ब ६९ करोडको वैदेशिक व्यापारबाट नेपालले रु. तीन अर्ब ६२ करोड घाटा व्यहोरेको छ । 

यो अघिल्लो आवको यसै अवधिको तुलनामा १२.४९ प्रतिशत गिरावट हो । गत आवको सोही अवधिमा रु. चार खर्ब ८६ अर्ब ५७ करोडबराबरको वैदेशिक व्यापार हुँदा रु. चार खर्ब १४ अर्ब रुपैयाँबराबरको व्यापार घाटा थियो । 

गत आर्थिक वर्षको चैतदेखि घट्दो क्रममा रहेको नेपालको आयात व्यापार असोजमा एकै महिनामा रु. एक खर्ब १३ अर्बको वस्तु आयात भएकोमा कात्तिक महिनामा पुनः घटेको भन्सारले जनाएको छ । 

ad
ad