Skip This
चीन–इथियोपिया सम्बन्ध अझ प्रगाढ बनाउन राष्ट्रपति सीको आग्रह 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
रासस/सिन्ह्वा
२o८१ बैशाख २६ बुधबार १४:४७:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व

चीन–इथियोपिया सम्बन्ध अझ प्रगाढ बनाउन राष्ट्रपति सीको आग्रह 

Read Time : < 1 मिनेट
रासस/सिन्ह्वा
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १४:४७:oo

चीनका राष्ट्रपति सी चिनफिङले चीन–इथियोपिया सम्बन्ध तथा बेल्ट एन्ड रोड सहयोगलाई थप अगाडि बढाउन इथियोपियाली राष्ट्रपति सेहल–वर्क जेडेसँग आग्रह गरेका छन् । राष्ट्रपति सीले उक्त परियोजनाले दुवै मुलुक एवं जनताले लाभ लिन सक्ने बताएका छन् । 

दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्षका अवसरमा राष्ट्रपति सीले आफ्ना समकक्षी इथियोपियाली राष्ट्रपति जेडेलाई पठाएको सन्देशमा सो विषय उल्लेख छ । 

सन्देशमा राष्ट्रपति सीले बितेका ५० वर्षमा दुई देशबीचको परम्परागत सम्बन्ध अझ प्रगाढ र सुदृढ हुँदै गएको बताएका छन् । पछिल्ला वर्षहरूमा हस्ताक्षर भएको चीन–इथियोपिया विस्तृत रणनीतिक साझेदारी सम्झौताले राजनीतिक तहमा उच्च समझदारी विकास भएको र विभिन्न क्षेत्रमा फलदायी नतिजा प्राप्त भएको पनि राष्ट्रपति सीले बताएका छन् ।

कोभिड– १९ महामारी फैलिएयता चीन र इथियोपियाले एक–अर्का मुलुकले सामना गर्नुपरेका कठिनाइलाई समान ढंगबाट समाधान गर्न प्रयत्न गरेको चीनको भनाइ छ । राष्ट्रपति सीले कोभिड– १९ महामारीविरुद्ध लड्न चीन र अफ्रिकी मुलुकहरूबीच भएको समझदारी उदाहरणीय रहेको पनि बताएका छन्। 
 

ad
ad