१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ६ आइतबार
  • Sunday, 19 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ ६ आइतबार १६:१७:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

संवैधानिक परिषदमा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्छ : मन्त्री शर्मा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ ६ आइतबार १६:१७:oo

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संवैधानिक परिषदमा प्रधानमन्त्रीलाई बलियो बनाउनुपर्ने बताएकी छिन्।

बुधबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनले यस्तो धारणा राखेकी हुन्।

प्रधानमन्त्री जुनसुकै दलको भए पनि कार्यकारी नेतृत्वलाई बलियो बनाउने उद्देश्यले विधेयक ल्याएको सरकारकी प्रवक्तासमेत रहेकी मन्त्री शर्माले प्रस्ट पारिन्।

‘अहिले प्रधानमन्त्री हाम्रो भएकाले भनेको होइन। प्रधानमन्त्री जोसुकै भए पनि, जुनसुकै पार्टीको भए पनि कार्यकारी नेतृत्वलाई बलियो बनाउने कुरा राम्रो हो भन्ने लाग्छ,’ उनले भनिन्, ‘देशको प्रधानमन्त्री भनेको पद हो, व्यक्ति होइन । त्यो पद बलियो हुनुपर्छ भन्ने उद्देश्यले यो विधेयक ल्याइएको हो।’

ad
ad